३० वर्षमा अनिवार्य अवकास नीति खारेज, राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशक पुनः फर्कन सक्ने

  २०७६ जेठ २२ गते १२:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले सेवा अवधि ३० वर्ष पुरा गरेपछि अनिवार्य अवकास लिनु पर्ने पुरानो व्यवस्था खारेज भएको छ । अब ५८ वर्ष उमेर पुगेपछि मात्र अवकाश पाउने भएका छन् ।

नयाँ व्यवस्थासँग अवकाश लिनुपूर्व एक महिना विदा बस्ने नियमअनुसार घरमा बसेका कार्यकारी निर्देशकहरु काममा फर्कने सम्भावना बढेको छ । हाल विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य राष्ट्र बैंक फर्कन सक्ने अधिकारीहरुले बताएका छन् ।

‘अदालतले पूर्ण फैसला दियो भन्ने मैले सुनेको छु । पूर्ण विवरण अध्ययन नगरी फर्कन मिल्ने हो वा नमिल्ने हो, अहिले नै भन्न सकिन्न’ कार्यकारी निर्देशक नारायण पौडेलले भने ।

राष्ट्र बैंकले २०७४ असाेज ८ गते कर्मचारी नियामावली संशोधन गरेर सेवाअवधि ३० वर्ष पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था खारेज गरेको थियो । ५८ वर्ष उमेर पुगेपछि मात्र अनिवार्य अवकाश पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

त्यसको विपक्षमा अदालतमा मुद्दाहरु परेका थिए । साथै, लोकसेवा आयोगले पनि कर्मचारी व्यवस्थापन सम्बन्धि संघीय कानुन नबन्दासम्म पुरानै व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको थियो ।

अन्ततः सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक स्वायत्त भएको र राष्ट्र बैंक कर्मचारी नियमावली सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार राष्ट्र बैंकलाई नै भएको फैसला गरेको छ । लोकसेवा आयोगको सुझाव मान्न राष्ट्र बैंक बाध्य नहुने पनि सर्वोच्चको फैसलामा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.