गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने

  २०७६ जेठ २१ गते १५:५५     विकासन्युज


काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.