आइसीसी वल्र्डकपलाई लक्षित गर्दै सिजीले ल्यायो ‘बहानाको शुभआरम्भ’ योजना

  २०७६ जेठ १९ गते १९:४१     विकासन्युज


काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको आईसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभआरम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ ।

उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नेछन् ।

त्यसैगरी, फेसबुकमा संचालिक प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्ने छन् ।

यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.