लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधी

  २०७६ जेठ १९ गते १०:००     विकासन्युज

काठमाडौं । मोहम्मद सलाह प्रेरित लिभरपुलले च्यापियन्स लिगको उपाधी जितेको छ । आइतबार बिहान भएको उपाधी भिडन्तमा लिभरपुलले टोटनह्यामलाई २–० अन्तरले पराजित गरेर उपाधी चुमेको हो ।

खेल सुरु भएको २ मिनेटमै लिभरपुलले पेनाल्टी पायो र त्यसलाई सलाहले गोलमा परिणत गरे । खेलेको ८७ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । दबावमा खेलेको लिभरपुलले टोटनह्यामलाई गोल गर्ने अवसर भने दिएन् ।

इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगको टोटनह्याम भने खेलमा पकड जमाएर पनि पराजित हुने पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.