तमिलनाडूकी निर्मला सीतारमण भारतको अर्थमन्त्रीमा नियुक्त

  २०७६ जेठ १७ गते १९:०२     विकासन्युज


काठमाडौँ । नयाँ कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थमन्त्रीका रुपमा निर्मला सीतारमणलाई नियुक्त गरेका छन् । भारतीय जनता पार्टीकी राष्ट्रिय प्रवक्ता सीतारमण यसअघि रक्षामन्त्री रहेकी थिइन् । उनी सन् २०१७ सेप्टेम्बरमा रक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । रक्षामन्त्री हुनु अघि उनले भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिला मन्त्री पद सम्हालेकी थिइन् ।

कहाँकी हुन् सीतारमण ?
तमिलनाडुकी सीतारमणले भारत यूरोप टेक्सटाइल ब्यापारमा पिएचडी गरेकी छिन् भने इन्टरनेशनल रिलेशनमा एमफिल समेत गरेकी छिन् । निर्मलाको जन्म तमिलनाडूको एक सामान्य परिवारमा सन् १९५९ अगस्ट १८ तारिखमा भएको थियो । बुबा रेलवेमा जागिरे थिए ।

पढाईका अवधिमा उनले धेरै ठाउँमा काम पनि गरिन् । पतिसँगै लन्डन पुगेकी उनले त्यहाँ घरको सजावटको सामान बिक्री गर्ने पसलमा सेल्स गर्लका रुपमा काम गरिन् । उनले लन्डनमा प्राइम बाटरहाउस नामक कम्पनीमा सिनियर म्यानेजरका रुपमा पनि काम गरिन् । केही समय बीबीसी विश्वसेवामा समेत काम गरिन् र पछि उनी भारत फर्केकी थिइन् । जेएनयूमा पढाईका क्रममा निर्मला र डा. परकाला प्रभाकरबीच प्रेम भएको थियो, पछि दुबै जनाले विवाह गरे ।

२००६ देखि भाजपामा आवद्ध
सन् २००६ मा भारतीय जनता पार्टीमा आबद्ध भएकी उनी सन् २००३ देखि २००५ सम्म राष्ट्रिय महिला आयोगको सदस्य थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.