गोर्खा इको प्यानलका प्रडक्टले बन्याे प्रधानमन्त्री कार्यालयकाे एक्सन रूम, यस्ता छन् भित्री सुविधा

  २०७६ जेठ १६ गते १२:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री कार्यालयले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गरी एक्सन रुम निर्माण सम्पन्न गरेको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छन् । स्वेदशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गरी प्रत्येक वर्ष वढ्दो व्यापार घाटालाई न्युनीकरणमा सहयोग पु¥याउन साँंकेतिक रुपमा स्वदेशी निर्माण समाग्रीको प्रयोग गरिएको बताइएको छ ।

गोर्खा इको प्यानलको प्रयोग गरी निर्माण गरिएको उक्त एक्सन रुमको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए । गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट उत्पादित एक मात्र कम्पनी हो, जसले आईएसओ मान्यता प्राप्त गरेको छ ।

स्थायी आरसीसी पिलर, विम र ढलान भएको संरचनामा गोर्खा इको प्यानलको प्रयोग गरी उक्त कन्फरेन्स हल बनाइएको हो । धानमन्त्रीको कार्यालय सिंहदरवार परिसरभित्र उक्त हल बनाइएको हो । गोर्खा इको प्यानल हेर्दा चिटिक्क पर्ने, ध्वनि प्रतिरोधात्मक क्षमता भएको, बलियो, हलुका, चाँंडो जडान गर्न मिल्ने, भकम्प प्रतिरोधी भएको कारणले प्रयोग गरिएको बताइएको छ ।

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी निर्माण संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसका उत्पादनहरु देशभरि विक्रीवितरण भइरहेका छन् । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाारालाई आत्मसाथ गरी बनाइएका यसका उत्पादनहरु उर्जा किफायती तथा वातावणमैत्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.