विद्यालयको भौतिक पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन

  २०७६ जेठ १५ गते १९:४०     विकासन्युज

काठमाडौं । भुकम्प पछिको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६/७७ मा विद्यालय भौतिक पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट बिनियोजन भएको छ । भुकम्पले पारेको प्रभावसँगै अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यको साथ बजेट विनियोजन गर्दै विद्यालयको भौतिक संरचना निर्माण गर्नका लागि स्थानियस्तरसँग साझेदारीमा उक्त रकम विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताए ।

निजि आवासका लागि आगामी वर्षका लागि ५८ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको छ । सबैको केन्द्रविन्दु ऐतिहासिक सम्पदा धहररा दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नका लागि १ अर्व छुट्याएको छ । भुकम्पबाट ध्वस्त सम्पदा पुनर्निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरेको जानकारी दिँदै २ वर्ष भित्रमा भित्र सक्ने लक्ष्य रहेको बताए ।

चालु आर्थिक वर्ष २०७५/७६को फागुन सम्ममा ११ खर्ब ५१ अर्ब ८ करोड १३ लाख रुपैयाँ विनियोजन भएको बजेटमा विद्यालय भवन पुनर्निर्माण ३८५, पुरातात्विक सम्पदाको भवन पुनर्निर्माण ३६, सुरक्षा निकायका भवन निर्माण ३१, सरकारी भवन पुनर्निर्माण १४ वटा निर्माण भएको छ भने स्वास्थ्य संस्थाको भवन निर्माण भएको छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.