आत्मनिर्भर बन्दै गरेका दर्जन वस्तुको भन्सार दर बढ्यो

  २०७६ जेठ १५ गते १८:२४     विकासन्युज

काठमाडौँ । सरकारले आत्मनिर्भरताको बाटोमा अघि बढेका कृषि तथा औद्योगीक उत्पादनहरुको आयातमा भन्सार दर वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट आत्मनिर्भरताको बाटोमा अघि बढेका उद्योगहरुको संरक्षणका लागि भन्सार दर वृद्धि गरिएको हो ।

जसमा चिया, कफी, मासु, बिस्कट, जुत्ता, चप्पल, जस्ता पाता, जुस, चीनी, चकलेट, पास्ता, धागो, त्रिपाल, दुग्ध पदार्थ, आइसक्रिम, सखर, चुईंगम, कुखुराको मासु, मिनरल वाटर लगायतका उत्पादन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.