कुलमान घिसिङ र सुगतरत्न कंसारकार नेपालका सपुत हुनः उपाध्याय

  २०७६ जेठ १४ गते ८:४९     भीम प्रसाद उपाध्याय

काठमाडौं । नेपालको वर्तमान ईतिहासमा सरकारी संस्थानको दुईजना ब्यवस्थापक सिइओले आआफ्ना डुबेका सरकारी संस्थानलाई उकासेर नाफामा पुर्याई कायापलट गरेको देखिन्छ। र ती दुबै ईन्जिनीयर हुन् नेपाल टेलिकमका तत्कालीन ईलेक्ट्रोनिक ईन्जिनियर सुगतरत्न कंसाकार र बिद्युत प्राधिकरणका ईलेक्ट्रीकल ईन्जिनियर कुलमान घिसिंग ।

कुलमान बिजुली म्यान बने, अध्यारो प्रेतहरूको सातो लिए, पहिलो पटक प्राधिरणलाई मुनाफामा पुर्याए । सुगतले नेपाल टेलिकमको मसिहा बनेर उद्धार गरी नाफामा ल्याए, नेपाललाई विश्व टेलिकम नक्सामा हैसियत दिलाए  ।

सुगतले देश डुबाउने लक्ष्यका साथ राष्ट्रीय ध्वजाबाहक वायुसेवा निगमलाई हात धोएर ध्वस्त गर्न लागेका र विगत २२ वर्ष देखि हल्ला मात्रै गरेर निगम लुट्न पल्केकाहरूका बिरूद्ध सतिसाल बनेर पहिलो ६।६ वर्ष बिलम्ब गराउने सारा तत्वसंग जुध्दै , एयरबसका बिरूद्ध बोईंगले हावा भरेका तत्वहरूको पर्दाफास गरे ।

अन्ततः पहिलो पटक २ वाईडबडी एयरबस जम्बो जहाज खरिद गराई छाडेर नेपाललाई पनि विश्वस्तरीय एयरलाईन्सको हैसियत दिलाई छाडेका छन् । बोईंग किनाउन दलाली गर्नेहरूको हार र अहिले बोईंग जहाज विश्वभरि ग्राउण्डेड भएको अवस्था हेर्दा बोईंग वाईडबडी जहाज किनिएको भए नेपाल कसरी डुब्थ्यो होला ? जे भयो भगवानको कृपाले बडो ठिक भएछ, एयरबस किनिएछ बा भनेर हंस उडेको हुनुपर्छ ।

यी दुई नेपाल आमाका सपुतप्रति नमन । यी दुईका यी दुई कामका लागि मात्र पनि नेपाली जनता सदा ऋणि हुनुपर्छ। आमाको भार चुक्ता गर्नु हरेक सन्तानको धर्म र कर्म हो । यी दुई सिइओघहरूले नेपाल आमाको भार तिर्ने काम ईमानदारीपूर्वक गरेका छन् । हल्लाखोर मनभ्रष्ट नेताहरू, तिनका पछि हावामा दगुर्ने मनुवाहरू र तिनका पनि पछि हावामा कुद्ने पत्रकारहरूले पनि यी दुई सिइओबाट केही सिकुन् । नेपाल आमालाई ठेस नपुर्याउन् , बरू आआफूलाई ठोस योगदान गर्न प्रेरित होउन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.