बाराको विद्यालयलाई नेपाल बैंकले गर्यो ५० लाख आर्थिक सहयोग

  २०७६ जेठ १३ गते १४:२४     विकासन्युज


काठमाडौँ । नेपाल बैंक लिमिटेडले बारा जिल्लाको चैनपुरमा सञ्चालित नेपाल राष्ट्रिय प्राविलाई रु ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ । गत चैतमा आएको हावाहुरीबाट क्षतिग्रस्त उक्त विद्यालयको २ तलाको ६ कोठाको भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम उपलव्ध गराएको बैंकले जनाएको छ ।

उक्त रकमको चेक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको उपस्थितिमा विद्यालय परिसरमा आयोजित एक समारोहका वीच नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी हस्तान्तरण गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुर र विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मीलाई रहक हस्तान्तर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.