नेपालका २ वटा बीमा कम्पनी मिलियन डलर राउण्ड टेबुलमा सहभागी

  २०७६ जेठ १३ गते १०:५१     नबिन पोखरेल

काठमाडौँ । मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) मा नेपालका २ वटा बीमा कम्पनीहरु सदस्य भएका छन् । सो सदस्यता लिनेमा एलआईसी नेपाल र युनियन लाईफ इन्स्योरेन्स रहेका छन् ।

वार्षिक १० लाख अमेरिकी डलर बराबरकाे  प्रिमियम संकलन गर्ने अभिकर्ता यसमा सहभागी हुन पाउँछन् ।

एमडीआरटीमा बीमा कम्पनी सहभागी हुनुपर्छ । तर संस्था सहभागी भएपनि त्यसको फाईदा भने अभिकर्ताले पाउने गर्छन् ।

अभिकर्ताले व्यक्तिगत रुपमा सदस्यता लिन पाउने प्रावधान नभए पनि बीमा कम्पनी सहभागी हुँदा उनीहरुले प्रत्यक्ष लाभ पाउँछन् ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) मनोजकुमार लालकर्णका अनुसार  युनियन लाईफ ईन्स्योरेन्सका १० जना अभिकर्ता एमडीआरटीका लागि छनोट भएका छन् । बीमा बजारका अन्तर्राष्ट्रिय तरिका बुझ्दै अघि बढ्न आवश्यक रहेकोले यूनियन लाइफले एमडीआरटीकाे सदस्यता लिएकाे बताए ।

एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासका अनुसार मिलियन डलर राउण्ड टेबल बीमा अभिकर्ताको मेहनतले सम्मान पाउने ठाउँ हो । मिलियन डलर राउण्ड टेबलमा विश्वका सम्पूर्ण कम्पनीहरुलाइ एउटै नियम लाग्ने भएकाले सबैले यहाँबाट धेरै कुरा सिक्न पाउने उनले बताए ।

अभिकर्ताको संख्यामा कमी
अभिकर्ताको संख्या पर्याप्त मात्रामा भएपनि सक्रिय अभिकर्ताको कमी रहेको जानकाहरुले बताउँदै आएका छन् । हाल बीमा क्षेत्रमा अभिकर्ता बन्न चाहने धेरै भएपनि पूर्ण रुपमा यहीँ पेशा अँगाल्नेहरु निकै कम रहेको पाईन्छ । पछिल्लो समय अभिकर्ता पेशामा आवद्धहरुले पनि राम्रै आम्दानी गरेको पाईन्छ । सोही आम्दानीलाई आधार बनाएर उनीहरुले आफ्नो जीवनशैली राम्रो बनाएको तथा व्यवसायिक जीवनतर्फ गएको उदाहरणपनि भेटिन्छन् ।

के हो ‘एमडीआरटी’ ?
‘एमडीआरटी’ भनेको अभिकर्तालाई काम गर्न सर्वोच्च शक्ति प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो । सिकागो अमेरिकामा रहेको सो संस्थाले विश्व भरका अभिकर्ताको हितमा काम गर्दै आएको छ । एमडीआरटीले संसारभरका कम्पनीलाई लक्षित गरेर टार्गेट प्रदान गर्छ । ‘एमडीआरटी’ को पूरा रुप मिलियन डलर राउण्ड टेबल हुन्छ । यसमा आवद्ध हुन चाहने देशले आफ्नो टार्गेट बनाउन आवश्यक हुन्छ । टार्गेट सोही अमेरिकी संस्थाले नै प्रदान गर्छ ।

एमडीआरटीको सदस्य हुनुको फाईदाहरु
सदस्यता पाएपछि छलफल तथा भेलामा सहभागी हुने अवसर पाउन सकिन्छ । त्यस्ता छलफलमा विश्वका बुद्धिजीविहरु सहभागी हुने गर्छन् ।  एमडीआरटी विभिन्न कम्पनीका अभिकर्तालेपनि आफ्नै संस्थाको मानेर सदस्यता लिन सक्ने ठाउँ हो । यसरी सदस्यता लिएका अभिकर्ता सर्वोच्च शक्ती प्राप्त गरे बराबर हुन्छन् ।

अनेकौँ विषेशता भएका कारण एमडीआरटीमा जोडिनु राम्रो पक्ष मानिन्छ । यसरी जोडिएपछि अभिकर्ताको टार्गेट सालै पिच्छे वृद्धी भईरहन्छ । प्रत्येक जनवरी १ मा एमडीआरटीको समय खुल्ला हुने गर्छ । सोही समयमा इच्छुकले सदस्यता लिन सक्छन् । एमडीआरटीका साथ–साथै सिओटी, टिओटी समेत बुझ्न आवश्यक हुन्छ । एमडीआरटीका लागि कुनैपनि कम्पनीले ४४ देखी ४५ लाख रुपैयाँको बीचमा प्रिमियम ल्याउन आवश्यक हुन्छ । १ करोड ३२ लाख ४८ हजार रुपैयाँ प्रिमियम ल्याएका कम्पनीले सिओटी अन्तर्गत काम गर्न सक्छन् ।

२ करोड ६४ लाख ९६ हजार रुपैयाँ प्रिमियम जम्मा गरेका संस्थाले टीओटी अन्तर्गत काम गर्न सक्छन् । सिओटीको अर्थ भने ‘कोर्ट डाउन द टेबल’ हुन्छ भने टीओटीको अर्थ ‘टप अफ द टेबल’ हुन्छ ।  एमडीआरटी र सिओटीको मिटिङ् एकै पटक हुने गर्छ । तर, टिओटीको मिटिङ् भने अलग्गै हुन्छ । टिओटीको मिटिङ् चाहिँ सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेहरुका लागि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.