अजोड इन्स्योरेन्सले बनेपामा खोल्यो नयाँ शाखा

  २०७६ जेठ १२ गते १८:२१     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका छन् ।

प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.