माथिल्लो तामाकोशीले डाक्यो ११औँ वार्षिक साधारणसभा, जेठ २१ गतेदेखि बुक क्लोज

  २०७६ जेठ १२ गते १७:२१     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी असार ११ गते आफ्नो ११औँ वार्षिक साधारणसभा डाकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने कम्पनीले जनाएको छ ।

सो प्रयोजनको लागि कम्पनीले आगामी जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय जेठ ७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो ।

साथै, आगामी जेठ २० गतेसम्म नेप्सेमा कारोबार गरी सेयर होल्डिङ गर्नेहरु साधारणसभामा सहभागि हुन पाउने छन् ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई बोनस वा नगद लाभांश केही पनि वितरण नगर्ने भएको छ । साथै, कम्पनीले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई गत आवमा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.