त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मेगा बैंकको एटीएम, संख्या ९९ पुग्याे

  २०७६ जेठ १२ गते १६:४३     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । यस सहित बैंकको एटीएम संख्या ९९ पुगेको छ ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई पनि ध्यानमा राखेर विमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।

हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.