सेलपेको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार महजोडी, के हो त सेलपे ?

  २०७६ जेठ १२ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंशआचार्य(महजोडी) नियुक्त भएका छन् ।

सेलकमले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकहरुमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो । सेलकमले सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नं. हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा शुरु गरेको थियो ।|

भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्याण्डर्ड सेवा सहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए ।

के हो त सेलपे ?

सामान्य भाषामा बुझ्दा सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी, बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा सेलपे स्थापित भएको हो ।

स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” को सुरुवात गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक पवन प्रधानले नयाँ विशेषता र रणनीतिका साथ बजारमा आएको बताए । ‘सबैभन्दा पहिलो फाइदा सेवाग्राहीले सेलपेमा वालेट बनाउननपर्ने हो’ उनले भने ।

यस्ता छन् विशेषता

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुबै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथामितव्ययी सेवाहो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनिभुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न र अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्न सक्नेछन् । यसरी न्युन शुल्क तथा भुक्तानी रकम तुरुन्तै प्राप्त गरी दोहोरो फाईदा हुने छ । साथै, राज्यको हकमा अन्य (विदेशी) भुक्तानी सेवा प्रदायकले सेवा शुल्क वापत करोडौं विदेशी मुद्रा विदेश जाने हुंदा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले सेलपे जस्तो स्वदेशी भुक्तानी सेवा प्रदायकलाई प्रोत्साहित गरी मुलुकको विदेशी मुद्रा संचयमा योगदान दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.