राजेन्द्र राई भन्छन्-‘लाज भन्ने कुराको अझै अस्तित्व छ भने बृद्धभत्ता बढाऊ सरकार’

  २०७६ जेठ १२ गते १४:११     विकासन्युज

‘कम्तीमा बोलीको जमान हुन्छ भने, लाज भन्ने कुराको अझै अस्तित्व छ भने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता बढाऊ सरकार ।’

हुनत कतिपय अर्थशास्त्रका विज्ञ, विद्वान भनिएकाहरुले बृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता लाई अनुत्पादक खर्चको रूपमा व्याख्या गरेर बढाउनु हुन्न भन्लान्, भन्दै आएका पनि छन् । सिद्धान्ततः वा प्रत्यक्षत यसलाई अनुत्पादक खर्च मान्न पर्ला तर बाँच्नै गाह्रो भएको जनतालाई बचाउँन छाडेर उत्पादन के को लागि कसको लागि, जनता नबचाउने उत्पादन मात्र बढाउने, विकास मात्र गर्ने राज्य, सरकार जनतालाई के काम ? जनता ठूलो की उत्पादन, विकास ठूलो ?

झन् अहिलेको साझा संकल्प समाजुनमुख हुने, अहिलेको सरकार कम्युनिष्ट सरकार, कम्युनिष्ट भन्नु बित्तिकै स्वतः समाजवाद उन्मुख, समाजवाद भन्नु बित्तिकै वितरण, उपभोग, सुख,दुःख, खुशियाली सबैमा समानता, राज्यले जनताको दायित्व लिने, सक्नेलाई योग्यता अनुसारको काम दिने, काम अनुसारको दाम दिएर जनतालाई बाँच्ने अवस्था निर्माण गर्ने र नसक्ने रोगी, केटाकेटी, वृद्धहरु, शारीरिक रूपमा असक्तहरुलाई राज्यले जिम्मा लिने, लालनपालन गर्ने व्यवस्था हो मूलतः ।

यसर्थ राष्ट्रिय संकल्पको हिसाबले वा वर्तमान सरकार कम्युनिष्टको हुनुको नाताले उत्पादन, विकास भनेर जनताको हितलाई उपेक्षा गर्न मिल्दैन त्यसैले आफैले बोले मुताबिक बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता बढाउनु पर्छ यो सरकारले अहिलेको बजेट वक्तव्य मार्फत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.