विद्यार्थीलाई ५ लाखसम्म सहुलियतमा ऋण दिन सुरु: ६ प्रतिशत ब्याज, पढाई सकिएको ४ बर्षमा भुक्तानी

  २०७६ जेठ १२ गते १७:३०     डोमी शेर्पा

 

काठमाडौं । भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिन शुरु गरेको छ । आर्थिक कारणले कुनैपनि जेहेन्दार विद्यार्थीहरुले पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था शुरु गरेको नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले ऋण दिने सम्बन्धी ‘भक्तपुर नगरपालिका शैक्षिक ऋण निर्देशिका २०७५’ प्रकाशित गरेको छ। ६ प्रतिशत ब्याजमा भक्तपुर नगरपालिका भित्र स्थायी बस्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण दिइने छ। विद्यार्थीले आफु जेहेन्दार र गरीब भएको वडाबाट सिफारिस लिएर आउनुपर्ने र त्यसपछि नगरपालिकाले आफ्नो वार्षिक बजेटको सिमामा रहेर पहिलो आउनेलाई प्राथमिकता दिने बताएको छ। यसका लागि नगरपालिकाले ५ करोड बजेट छुट्याएको नगरपालिकाका सचिवालय प्रमुख दामोदर श्रीवास्तवले जानकारी दिए ।

ऋण माग गर्ने विद्यार्थीले कुन तहमा कुन बिषय लिएर अध्ययन गर्ने हो भन्ने कुरा प्रस्ट रुपमा खुलाउनु पर्नेछ । ऋण एसईई भन्दा माथि पिएचडीसम्म अध्ययन गर्ने विद्यार्थीले मात्र पाउने व्यवस्था रहेको छ ।

ऋण प्राप्त गरिसकेपछी विद्यार्थीले पढाई सिद्दद्धएको ४ बर्ष भित्रमा सबै पैसा फिर्ता गरिसक्नु पर्ने जसअन्तर्गत विद्यार्थीले पढाई सकिएको पहिलो बर्षमा २५ प्रतिशत, दोस्रो बर्षमा ५० प्रतिशत ऋण, तेस्रो बर्षमा ७५ प्रतिशत र चौथो बर्षमा सबै ऋण चुक्ता गरिसक्नु पर्नेछ।

एक परिवारको एकजना सदस्यले मात्र ऋण पाउने छन् र ऋण एकमुस्ट तथा किस्ताबन्दीमा लिन सकिने छ । पढाई सकिएको ४ बर्षमा नबुझाए उनको सम्पत्तिहरु रोक्का गरिनुको साथै ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । शैक्षिक ऋण प्रत्येक वडाको १० जनालाई मात्र दिईने छ । यसअनुसार १०० जना विद्यार्थीले पाँच-पाँच लाख ऋण पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.