‘मदिराको मुल्य भन्दापनि गुणस्तरमा ध्यान दिनु पर्छ’

  २०७६ जेठ १० गते १९:५१     विकासन्युज

काठमाडौ । आगामी आर्थिक बर्षको बजेट मार्फत मदिरा उद्योगीहरुले राखेको स्प्रिट आयत र २३० प्रतिशत भन्सार महशुल वृद्धीको मागमा लविङ्को आशंका गरिएको छ । यस्ता विषयमा लबिङ् भएमा व्यवसायलाई प्रतिकूल असर पर्ने व्यवसायी बताउँछन् । देशको राजश्वदेखी अर्थतन्त्रसम्ममा भूमिका खेल्न सक्ने मदिरा व्यवसायको गुणस्तर खस्किन दिनु नहुने सवालहरु समेत प्रशस्तै उठन थालेका छन् ।

एकातर्फ मदिराको बाहिरी आयात बढेमा यसको असर राजश्वमा पर्ने देखिन्छ भन्ने छ भने अर्कोतर्फ नेपाली स्प्रिटको उत्पादनले बजारको माग धान्ने अवस्था रहेमा आयात बढाउनु उचित हुने बताइएको छ । मदिराको मुल्य भन्दापनि गुणस्तरमा ध्यान दिनुपर्ने एक मदिरा व्यववसायीले बताए ।

साथै, मदिराको विषयलाई बिक्री वितरणमा असर पारी बाहिरबाट मदिरा ल्याउन पर्ने अवस्थाको सिर्जना भएमा स्वदेशी व्यवसायीलाई असर पर्ने बताइन्छ । यसबारेमा संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रारम्भिक छलफल तथा राय लिने काम समापन गरेको छ ।

एसियन डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी र विजय डिष्टिलरी लगायतका कम्पनीले स्प्रिटको आयात रोक्न लबिङ गर्दै आएको पाईन्छ । सोही विषयमा संसदीय समितिमै उजुरी समेत परेको थियो ।

स्प्रिटको भन्सार २३० प्रतिशत बढाउन व्यवसायी कै लबिङ, मदिराकाे मूल्य कति बढ्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.