‘चान्स टु वीन थ्रु क्लिक’ अभियानमा लक्ष्मीले जितिन् टिभीएस एनटर्क १२५ सीसीको स्कुटर

  २०७६ जेठ १० गते १९:११     विकासन्युज

काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्रआधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले सञ्चालन गरेको ‘चान्स टु वीन थ्रु क्लिक’ अभियानका विजेतालाई टिभीएस एनटर्क १२५ सीसीको स्कुटर हस्तान्तरण गरेको छ ।

उक्त अभियान अन्तर्गत ग्राहकहरुले ‘लभ ऐट फस्ट राईड’ स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए ।

जगदम्बा मोटर्सले सो अभियानका विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरेको हो । उनलाई जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् ।

टिभीएस स्कुटर तथामोटरसाइकलहरुको नेपालकालागि एक मात्रआधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.