हिमालयन डिष्टिलरीले ६८ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने

  २०७६ जेठ १० गते १८:१७     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीलाई ६८.४२ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको संचित नाफामा रहेको रकमबाट सेयरधनीलाई लाभांसमा लाग्ने कर समेत गरी सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय जेठ ९ गते बसेको संचालक समितिको बैठकले गरेको हो । उक्त लाभांश आगामी जेठ १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई नक्सालस्थित कम्पनीको सेयर रजिष्टार नविल इन्भेष्टमेन्ट बैंकिङ्मा रहेको कम्पनीको सेयरधनी दर्ता कितावमा नाम दर्ता भएका सेयरधनीहरुले मात्र पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.