पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा शुरु, तीन दिनसम्म २० प्रतिशत छुट

  २०७६ जेठ १० गते १७:३५     विकासन्युज

काठमाडौँ । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखरावासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए ।

पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाई छ । लाउञ्जले पाएको सफलताको श्रेय देश तथा विदेशमा रहेका लाउञ्जका सेवाग्राहीलाई दिएका श्रेष्ठले गुनासो गर्ने अवस्था आउन नदिने बताए ।

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनैपनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निःशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागी महिलाहरुलाई ककटेल निःशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।

लाउञ्जको औपचारिक उद्घाटन कार्यक्रममा दीपक बज्राचार्य तथा रिदम व्याण्डका साथै किंग्स लाउञ्ज व्याण्डले लाइभ प्रस्तुती दिएका थिए । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्ध केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.