अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त, २५ विद्यार्थीलाई ‘उदय छात्रवृत्ति’ प्रदान

  २०७६ जेठ १० गते १७:१०     विकासन्युज

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै e2o गाडीको चाबी खतिवडालाई प्रदान गरे । e2o गाडी वातावरण मैत्री विद्युतीय गाडी हो ।

अग्नि इन्कर्पोरेटेडका ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पूर्व मिस नेपाल खतिवडाले हर्षित हुँदै आफु निकै खुशी भएको बताइन् ।

अग्नि इन्कर्पोरेटेडले बिगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकहरुका एसइई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजारका दरले ‘उदय छात्रवृत्ति’ पुरस्कार र प्रसंशा पत्र प्रदान गरेको छ ।

कार्यकारी निर्देशक शर्मा र पूर्व मिस नेपाल खतिवडाले संयुक्त उक्त पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुन् । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका ग्राहकहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.