कामना सेवा विकास बैंकबाटै डिम्याट खाता खाेल्न मिल्ने, असारसम्म नि:शुल्क

  २०७६ जेठ १० गते १६:३३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब ग्राहकहरुले यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् ।

साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.