प्रत्येक १-२ घण्टामा प्याड फेर्ने अवस्था आउनु असाधारण महिनावारी

  २०७६ जेठ १० गते १३:१५     विकासन्युज

काठमाडौं। महिनावारीको अनुभव हरेक महिलामा फरक फरक हुनसक्छ। त्यसैले यदी तपाईलाई महिनावारीको समयमा तपाईको साथीहरुको तुलनामा बढी दुखाई र रक्तश्राव हुन्छ भने डराउनु पर्ने अवस्था छैन। तर कुनै कुनै अवस्थामा भने भारी रक्तश्राव हुनु स्वास्थ्यमा देखिन सक्ने समस्याका कारण हुन्छन्।

स्त्री रोग बिशेषज्ञ स्वास्थ्यका डा. सुशिला वैदको अनुसार महिनावारीलाई त्यो समयमा असाधारण मान्न सकिन्छ जब तपाईले प्रत्येक १ देखी २ घण्टामा प्याड परिवारअत्न गर्नुपर्ने हुन्छ। यो समस्या हुनुको मुख्य कारण शरीरमा भएको हर्मोनको असन्तुलन हो र यो गर्भ निर्धारणसँग सम्बन्धित छ। तर यो अन्य गंम्भिर स्वास्थ्य समस्याको बारेमा पनि संकेत हुनसक्छ।

त्यसैले यदी तपाईको महिनावारीको समयमा द्खाई र रक्तश्राव केही समय यता अत्याधिक हुँदै छ भने तपाईले तुरुन्तै चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।

महिनावारीको समयमा के कस्तो कुरामा ध्यान दिने :

– सफा सेनेटरी प्याडको प्रयोग गर्ने ।
– कपडाको प्रयोग गर्दा सफा तथा नरम कपडाको मात्रै प्रयोग गर्ने ।
– नियमित नुहाउने तथा व्यक्तिगत सरसफाई विशेष ध्यान दिने ।
– महिनावारीको अवस्थामा प्रयोग गरेका भित्री कपडाहरु घामको प्रकाश पर्ने ठाउँमा सुकाउने ।
– पर्याप्त आराम गर्ने, तथा पोषिलो खाने कुराहरु खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.