उच्च कर्जा विस्तारले बैंकहरुको एनपीएल बढ्दै, निष्क्रिय रहेका ५० प्रतिशत कर्जा ‘खराब’

  २०७६ जेठ १० गते ९:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुको खराब कर्जा ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशत प्रोभिजन गर्नुपर्ने प्रकृतिको उक्त कर्जा अघिल्लो वर्ष १६ अर्ब रहेकोमा बढेर यो वर्ष २१ अर्ब पुगेको हो, जुन ३१.२५ प्रतिशतको वृद्धि हो ।

नेपाल राष्ट्र बैंकका अनुसार निष्क्रिय कर्जाको ५० प्रतिशत कर्जा खराब कर्जामा रुपान्तरण भएको छ । अघिल्लो वर्ष २९ अर्ब रुपैंया निष्क्रिय कजामध्ये १६ अर्ब खराब कर्जामा थियो, यो वर्ष निष्क्रिय कर्जा बढेर ४२ अर्ब पुग्दा खराब कर्जा भने २१ अर्बमात्रै पुगेको छ जुन अघिल्लो वर्षको अनुपातमा कम हो ।

वाणिज्य बैंकहरुले चैत मसान्तसम्म २४ खर्ब ४१ अर्ब रुपैंया कर्जा लगानी गरेका छन् । यो रकममध्ये ४२ अर्ब निष्क्रिय कर्जा हुँदा एनपीएलको दर १.७१ प्रतिशत हुन पुगेको हो, यो अनुपात अघिल्लो वर्ष १.३९ प्रतिशत मात्रै थियो । खराब कर्जा भने त्यसको आधा अर्थात् ०.८५५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बैंकहरुको निष्क्रिय कर्जा बढ्नुलाई कर्जा विस्तारमा भएको अत्यधिक वृद्धि प्रमुख कारक मानिएको छ । राष्ट्र बैंकले यो वर्ष आन्तरिक कर्जाको वृद्धिदर २२.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो, तर चैत मसान्तसम्म यो २७.२ प्रतिशत पुगेको छ । त्यस्तै, निजी क्षेत्रमा जाने कर्जा २० प्रतिशत मात्रै वृद्धि गर्ने लक्ष्य दिए पनि यो वर्ष यो आकार २१.९ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.