एनआईसी एशियाका ग्राहकलाई भेनस हस्पिटलमा १५ प्रतिशतसम्म छुट

  २०७६ जेठ ९ गते १८:३९     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.