नेपालले खस्रे रोग निवारणमा उपलब्धी हाँसिल गरेको छ : स्वास्थ्यमन्त्री

  २०७६ जेठ ९ गते १८:२४     विकासन्युज

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेनेभामा भइरहेको “स्वास्थ्यमा सर्वव्यापी पहुँच ,सेवाबाट कोही पनि वञ्चित नहुने ” भन्ने मूल नारा रहेको ७२ औं स्वास्थ्य सम्मेलनलाई मंगलबार संबोधन गरेका छन्।

सोमबारदेखि जेनेभामा शुरु भएको विश्व स्वास्थ्य सम्मेलनमा विश्वका १९४ राष्ट्रका उच्च पदाधिकारी ,नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

सो सम्मेलनलाई संवोधन गर्दै उपधानमन्त्री यादवले नेपालले खस्रे रोग निवारणमा उपलब्धी हासिल गरेको साथै विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्ष अगावै रुवेला रोग नियन्त्रणमा ल्याइएको जानकारी दिए।

नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्मा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको पनि उपप्रधानमन्त्री यादवले बैठकमा उल्लेख गरे।

उनले नेपालको सन्दर्भमा स्वास्थ्य सँग सम्बन्धित लक्ष्य हासिल गर्न गरेका कार्यहरुले कसैलाई पनि सेवाबाट वञ्चित हुन दिंदैन भनेका छन्। उनले स्वास्थयको एजेन्डालाई मुलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण,औषधीको मूल्यमा नियन्त्रण, नसर्ने रोगहरुको भार कम गर्ने जस्ता कार्यहरु गरी गुणस्तरीय स्वास्थय सेवामा समतामूलक पहुँच बढाउने कुरामा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.