यूपी, विहार र बंगालमा उचालिँदा भाजपा चुनावमा बलियो: एक्लैको ३००, गठबन्धनकाे ३४०

  २०७६ जेठ ९ गते १२:५७     विकासन्युज

काठमाडौं । भारतको लोकसभाका ५४२ सिटका लागि भएको निर्वाचनको नतिजा आउने क्रम चलिरहँदा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी फेरि बलियो देखिएको छ । मतगणना जारी रहँदा भाजपाले करिब ३०० सिटमा अग्रता कायम गर्दा सो दलको नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक एलाइन्सले ३५० स्थानमा अग्रता कायम गरेको छ ।

तुलनात्मक रुपमा मत घट्ने सर्भेक्षण गरिएको उत्तर प्रदेशमा समेत एक्जिट पोलको अनुमानजस्तो सिट नघट्नु र पश्चिम बंगालमा समेत ममता बनर्जीको दलसँग प्रतिस्पर्धामा उत्रिनुले भाजपाको अग्रता उच्च देखिएको हो । ४० वर्षदेखि कम्युनिष्ट शासन रहेको पश्चिम बंगालमा हाल प्रजातान्तिक विचारधाराको भाजपाले १५ सिटमा अग्रता कायम गरेको छ, अघिल्लो चुनावमा ४० सिटमध्ये ३७ सिट ममता बनर्जीको त्रिणमुल कँग्रेसले जितेको थियो ।

उत्तर प्रदेशमा भाजपाले कुल ८० सिटमध्ये ५८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै बिहारमा ४० सिटमध्ये एनडीए गठबन्धनको ३८ सिटमा अग्रता कायम गरेको छ । बिहारमा मुख्यमन्त्री नितिश कुमार र भाजपाको गठबन्धन जमेको छ ।  करिब ३० ओटा दलसँगको गठबन्धनमा रहेको भाजपाको मुख्य सारथी भनेको बिहारमा जितिश कुमारको जनता दल युनाइटेड र शिवसेना नेपाल हो । शिवसेनाले पनि करिब २५ स्थानमा अग्रता कायम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.