सिटिजन्स म्युचुअल फण्डको इकाई खुला, एक हजारदेखि २० कराेडसम्मको आवेदन दिन सकिने

  २०७६ जेठ ९ गते ११:२५     विकासन्युज

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को ८५ करोड रुपैंया बराबरका ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिहीबारदेखि खुला गरिएको हो ।

यसको आवेदन मिति छिटोमा १३ गते बैंकिङ समयमा बन्द हुनेछ । १ अर्बको फण्डमध्ये १५ प्रतिशत अर्थात् १५ करोड रुपैंया बराबरका १ करोड ५० लाख ईकाई भने इकाई कोष प्रवद्र्धक श्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखिएको छ ।

उक्त इकाईका लागि अन्य आईपीओजस्तै आफ्नो डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंकका शाखा कार्यालयमार्फत् तथा मेरो शेयरका प्रयोगकर्ताले सो एपमार्फत् समेत आवेदन दिन सक्नेछन् ।

यो म्युचुअल फण्ड क्लोज बाउन्डेड प्रकृतिको योजना हो । यसको परिपक्व अवधि ७ वर्षको हुनेछ । आवेदकले न्यूनतम १०० इकाईदेखि २ करोड इकाईसम्म आवेदन गर्नसक्ने कोष व्यवस्थापक सिआईबीएल क्यापिटलले जनाएको छ । यस फण्डको प्रवद्र्धक भने सिटिजन्स बैंक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.