गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले शुरु गर्यो कनेक्ट आइपीएस सेवा

  २०७६ जेठ ९ गते ११:२४     विकासन्युज


काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले कनेक्ट आइपीएस सेवा शुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवा शुभारम्भ गरेको फाइनान्सले जनाएको छ ।

डेविट कार्ड, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सेफ डिपोजिट लकर, डीपी, सीएएसबीए र आईपीएस सेवा प्रदान गर्दै आएकोमा थप सेवाका रुपमा कनेक्ट आईपीएस सेवा सञ्चालन गरेको हो । फाइनान्सले मोबाइल बैंकिङ सेवा पनि शुरु गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.