सुनको मूल्य घट्दो क्रममा, प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार

  २०७६ जेठ ९ गते ११:१४     विकासन्युज

काठमाडौं । यो साता सुनको मूल्य घट्दो क्रममा रहेको छ । साताको पाँचौं दिन बिहीबार सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार सुन बिहीबार सो मूल्यमा कारोबार भईरहेको छ ।


त्यस्तै तेजावी सुन बुधबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ घटेर ५८ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । भने चाँदी प्रतितोलामा पाँच रुपैयाँ घटेर ७ सय रुपैयाँमा विक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । साताको पहिलो दिन छापावाला सुन प्रतितोला ६० हजारमा कारोबार भएको थियो भने साताको पाँचौं दिनसम्म आईपुग्दा क्रमश ५९ हजार २ सयमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.