सिभिल बैंक र लिडरशिप एकेडेमीबीच सम्झौता, कर्मचारीको दक्षता अभिबृद्धि गरिने

  २०७६ जेठ ८ गते १९:०९     विकासन्युज


काठमाडौँ । सिभिल बैंकले कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले लिडरशिप एकेडेमी नेपालसंग सहकार्य गरेको छ । सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लिडरशिप एकेडेमी नेपालको तर्पmबाट अरुण जोशीले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

यसैबीच सिभिल बैंकले केही महिना अघि ल्याएको “सम्मान बचत खाता” खातामा आकर्षक ब्याजका साथै औषधोपचार खर्चमा रु एक लाखसम्म र दुर्घटना मृत्युमा रु सातलाख सम्मको बीमा सुबिधा प्रदान छ ।

बैंकले सम्मान बचत खाता खोलेका ग्राहकहरुको औषोधपचार खर्चबापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । औषधोपचार खर्चको बीमा दाबी रकम बैंकद्वारा काठमाडौँका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल तथा लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.