कामना सेवाका ग्राहकलाई यूनिभर्सल इन्स्टिच्यूटमा विशेष छुट

  २०७६ जेठ ८ गते १६:५९     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि भैरहवाबीच उपचारमा विशेष छुट पाउने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार अब बैंकका प्रिपेड÷डेबिट कार्ड भएका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि मा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धन सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सीप्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजयकुमार पिएसले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.