राजदूत मासामिचीले गरे केएनपी जापान प्रालिको अवलोकन, ‘ट्रेडमार्क समस्याको समाधानमा पहल गर्ने’

  २०७६ जेठ ८ गते १६:०५     विकासन्युज


काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वीरगञ्जस्थित बहुराष्ट्रिय कम्पनी केएनपी जापान प्रालिको स्थलगत अवलोकन गरेका छन् । राजदूत मासामिचीले उद्योगको उत्पादनको अवस्था र आगामी योजनाहरुका बारेमा जानकारी लिएको कम्पनीले बताएको छ ।

जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारी रहेको सो उद्योगले नेपालको पेन्ट बजारमा गरेको प्रगतिको राजदूत साइगोले प्रसंशा गरेका छन् । कम्पनीका निर्देशक अशोककुमार वैद्यले नेपालमा पेन्ट उद्योगको सम्भाव्यता राम्रो भएपनि बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको यो उद्योगले ट्रेडमार्कको समस्या झेल्दै आउनु परेको बताए ।

राजदूत साइगोले उद्योगले भोगिरहेको ट्रेडमार्कको समस्याको समाधानका बारेमा जापानी दूतावासले पहल गरिरहेको बताए । समस्याले निकास नपाएसम्म यो प्रयासलाई निरन्तर जारी राख्ने आश्वासन पनि उनले दिए ।

जापानी दूतावासका प्रथम सचिव ताकासी मियाताको समेत सहभागिता रहेको अवलोकनका क्रममा उद्योगका प्रबन्धक अजय गौडले उत्पादनका विविध पक्षका बारेमा जानकारी दिए । उद्योगले सन् २०१२ देखि नेपालमा उत्पादन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.