एलआईसीको अध्यक्षमा एमआर कुमार नियुक्त, जीवन बीमामा ३६ वर्षको अनुभव

  २०७६ जेठ ८ गते १५:०३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) लिमिटेडको संचालक समितिको अध्यक्षमा एमआर कुमार नियक्त भइका छन् । इन्स्योरेन्सको हालै सम्पन्न बैठकले एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने गरी कुमारलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कुमारले जीवन बीमामा ३६ वर्षको अनुभव संगालेका छन् । साथै, उनी इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् ।

यस अघि इन्स्योरेन्सको अध्यक्ष पदमा प्रमोटर सेयरधनी हेमन्त भार्गव कार्यरत थिए । उनले गत जेठ २ गतेदेखि नै लागू हुने गरी राजिनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.