जुम्ला र दैलेखमा सानिमा लाइफको शाखा बिस्तार

  २०७६ जेठ ८ गते १०:४५     विकासन्युज


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला र दैलेखमा शाखा कार्यालय बिस्तार गरेको छ ।

जिल्ला समन्वय समिति जुम्लाका उपाध्यक्ष कारमा बुढाले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रबन्धक शिवराज तिमल्सिना, मुख्यप्रबन्धक गणेश चौलागाईँ, प्रबन्धक उषा खतिवडा र शाखा प्रबन्धक रवि नेपालीको उपस्थिति रहेको थियो ।

त्यसैगरी जेठ ६ गते प्रदेश सभासद् अमरबहादुर थापाले दैलेख शाखा कार्यालयको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.