चेक बाउन्सको मुद्दामा खुश्बु ओलीलाई ३ महिना कैद

  २०७६ जेठ ७ गते २०:१३     विकासन्युज

काठमाडौं । मोडल खुश्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा दोषी ठहर गरेको छ । अदालतले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

सन् २०१७ जनवरी ३ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले दायर गरेको मुद्दामा अदालतले ओलीलाई दोषी ठहर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.