जे पे गर्दा पनि आइएमई पे, मोबाइलबाटै जेसुकैकाे पैसा तिर्न सकिने

  २०७६ जेठ ७ गते १६:१०     विकासन्युज

काठमाडौं । मोबाइल वालेट एप आइएमई पे ले हालै “जे पे गर्दा पनि आइएमइ पे” नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यक्रम अन्तर्गत बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरूतथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरेपछि मात्रै उक्त सेवा लिन सकिने छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले भने, “आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलो भन्दा सजिलो बनाउनु नै हो । हाल आइएमई पे बाट गरिने भुक्तानीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ र आउँदा दिनमा यो अझै बढ्दै जाने विश्वास गरेका छौं ।”

साथै, प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य रहेकाे उनले बताए । हाल नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.