२५ औँ वर्षमा महालक्ष्मी विकास बैंक, सत्यमोहन जोशीलाई अभिनन्दन

  २०७६ जेठ ७ गते १५:००     विकासन्युज


काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. मंगलबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिकहितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको जनाइएको छ ।

दरबारमार्ग, काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरेकोमा धन्यबाद दिंदै प्रहरीहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।

बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको उपलक्ष्यमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेल र राजेश रौनियारकोपनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.