जेष्ठ महिनाभरि खाद्य मेला हुने, विभागको तयारी तिव्र

  २०७६ जेठ ७ गते १३:३२     विकासन्युज

काठमाडौं । नेपालमा ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा जेष्ठ महिना भरि खाद्य मेला हुने भएको छ । नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक संजीवकुमार कर्णका अनुसार नेपालको खाद्यान्नको गुणस्तरमा प्रश्न चिन्ह उठिरहँदा यस खाद्यले मेलाले सहयोग पुराउँने बताए ।

विश्व संयुक्त राष्ट्र संघीय हरेक वर्ष जुन ७ तारिखमा पहिलो पटक विश्व खाद्य स्वच्छता दिवस मनाउने भएको छ । “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कोसिस गर्दै आएको विभागका महानिर्देशक कर्णले जानकारी दिए ।

नेपालमा पहिलो खाद्य स्वच्छतालाई भव्यताका साथ समापन गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय, उद्योग वाणिज्य क्षेत्र, उपभोक्तावादी संघसंस्था, पत्रकारहरुका संघसंस्थाबाट प्रतिनिधित्व हुने गरिएको मूल समिति र विभिन्न २१ वटा उपसमिति मार्फत कार्य भईरहेको छ ।

यस्ता छन् विभागकाे तयारी

विभाग परिसर सरसफाइ घुम्ती खाद्य प्रयोगशाला समेतको प्रयोग गरी सडक किनारा बिक्री हुने खानेकुरा, होटल, रेष्टुरेण्ट खाद्य व्यवसायहरुको विशेष अनुगमन, खाद्य निरीक्षकहरुलाई अभिमुखीकरण, विद्यालय स्तरीय खाद्य स्वच्छता तथा पोषण शिक्षा, प्रसोधित दूध, प्रसोधित पिउने पानी तथा खानेतेल उद्योगमा असल उत्पादन अभ्यास लागू गर्न उद्यमी व्यवसायीहरुलाई प्रशिक्षणस पानी, दूध तथा तेल उद्योगहरुको अनुगमन प्रयोगशाला सम्बन्धी तालीम, उपभोक्ता भेला, मुद्दा अनुसन्धान तथा अभियोजन सम्बन्धमा खाद्य निरीक्षकहरुका लागि प्रशिक्षणस विभिन्न ९ उपभोक्ता संघ संस्थासँगको सहकार्यमा ९ स्थानमा जनचेतनामूलक उपभोक्ता मास भेला सञ्चालन गरिने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु विराटनगर, जनकपूर, हेटौंडा, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा कार्यालय परिसर सरसफाइ, पत्रकार भेटघाट, वक्तृत्वकला प्रतियोगिता, विद्यालय शिक्षा, उपभोक्ता भेला, माइकिङ्ग तथा पर्चा पम्पलेट जस्ता सूचनामूलक सामग्री वितरण गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.