हाइ हिमालयन ट्रेकिङले १ करोडको लागतमा रसुवामा बनायो विद्यालय भवन

  २०७६ जेठ ७ गते १२:५९     विकासन्युज


काठमाडौँ । रसुवामा भूकम्पले पूर्ण क्षति गरेको घोर्मु प्राविको भवन निर्माण गरिएको छ । भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो ।

नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरे । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो ।

१ करोडको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताए । भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको प्रअ पौडेलले बताए । विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.