हुवावेलाई अमेरिकाको आवश्यकता छैन, हुवावे र चीन ब्युँझिएकाे छ

  २०७६ जेठ ७ गते १६:३५     चार्लियन लाउ

काठमाडाैं । यो साता हुवावे कम्पनीको लागि भ्रामक सप्ताह भएको छ । ५ दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा ‘अनपेक्षित’ खतरा पुर्याउने टेलिकम कम्पनीहरुको सामान बिक्रीमा प्रतिबन्ध लगाउनको लागि भन्दै राष्ट्रिय आपतकालको घोषणा गरे । कुनै देश वा कम्पनीको नाम नखुलाईकनै  ट्रम्पले कार्यकारी आदेशको बाध्यकारी योजना वाणिज्य विभागमार्फत् तयार गरे । त्यसको केही घण्टामै विभागले हुवावेलाई त्यस्तो सूचीमा समावेश गर्यो । यसले भन्छ कि हुवावेले “राष्ट्रिय सुरक्षा र विदेश नीति चासो” लाई उल्लंघन गरिरहेको छ ।

त्यसको केही दिनमै सो विभागले प्रतिबन्धलाई विस्तारै खुकुलो गर्यो र अस्थायी लाइसेन्स दिने भयो । यसले चिनियाँ सामाग्रीका विद्यमान प्रयोगकर्ताको लागि त्यस्ता सुविधाहरु दिन खुला गर्यो । तर गुगल, इन्टेल र क्वायलकमले अझैपनि आफूहरु अमेरिकी कानून पालना गर्न बाध्य भएको भन्दै त्यस्तो प्रतिबन्ध खुला गर्न प्रतिबन्ध लगाइरहेका छन् ।

कस्तो परिवर्तन हुनसक्छ ?

यी सबै घटनाहरु विनासकारी छैनन् । इन्टेल, क्वायलकम र ब्रोडकमले अर्को व्यवस्था नभएसम्मका लागि आफ्ना सामानहरु चिनियाँ कम्पनीलाई नबेच्न भनेको एउटा रिपोर्टमा उल्लेख गरिएको छ, तर ती संस्थाहरुबाट लिने चिप्सहरु बनाउन चिनियाँ कम्पनीहरु आफैं सक्षम छन् ।

पक्कैपनि चिनियाँ कम्पनीहरुले आफ्ना मध्यमस्तरीय मोबाइलहरुमा क्वायलकमका चिप्सहरु प्रयोग गर्ने गथ्र्यो । तर हालैका वर्षहरुमा आफ्नै चिपसेट र मोडियमहरु प्रयोग गर्न ती कम्पनीहरुले थालिसकेका छन् । हुवावेको केयर ९०० सिरिज अहिले ती चिप्सहरुभन्दा अब्बल स्थापित भइसकेका छन्, त्यसैले यसले चीनका कम्पनीहरुलाई ठूलो असर गर्नेछैन ।

अब ल्यापटपका प्रोसेसरहरुमा ट्रिकेयरहरु प्रयोग हुनेछन् । हुवावेसँग पीसीका चिपसेटहरु बनाएको अनुभव पक्कै छैन, तर यस्तो अवस्थामा उसले अन्य कम्पनीहरुसँग त्यो लिनसक्छ र भविष्यमा आफै बनाउन पनि सक्छ ।

एन्ड्रोइडलाई हानी

हुवावेलाई हस्तक्षेप गर्ने सबैभन्दा ठूलो अस्त्रको रुपमा गुगलको इन्ड्रोइड अपरेटिङ सिस्टमलाई लिएको छ । यो सत्य हो कि अहिले हुवावे र अन्य धेरैजसो स्मार्टफोनको विशाल समूह एन्ड्रोइड अपरेटिङ सिस्टम चलाउँछन् । तर स्पष्ठ हुनु जरुरी छ कि हुवावेलाई आफ्नै प्रणाली निर्माण गर्न एन्ड्रोइड ओपनस्रोत प्रयोग गर्न अझै दिइएको छ र गुगलले यो पनि भनेको छ कि उसले गुगल प्लेस्टोर र गुुगल सेक्युरिटिसम्बन्धी एपहरु प्रयोगकर्तालाई अझै खुला गरेको छ । यसको अर्थ तपाईँ अहिले हुवावे मोबाइल चलाउनुहुन्छ भने पनि तेस्रो पक्षहरुको एपहरुको पहुँचमा पुग्न तपाईँ सक्नुहुन्छ ।

तर गुगलका प्रयोगकर्ताहरु जो जीमेल, गुगल ड्राइभ, गुगल म्याप र युबट्युबमा निर्भर छन् भने त्यस्ता फिचरहरुको सम्भावित विकल्प खोज्नुपर्ने हुनसक्छ । हाल धेरै प्रयोगकर्ताहरुले गुगलका यी प्रोडक्टहरुको विकल्पहरुको समेत समानान्तर प्रयोग गरिरहेका छन् र यो पनि सम्भव छ कि यो एउटा सौदा हो जुन केही समयमा फुकुवा हुनेछ ।

एन्ड्रोइड आफैंलाई यसबाट यसकारण पनि हानी छ कि हुवावेका ह्यान्डसेटहरुमा एन्ड्रोइड ओएस प्राप्त हुनेछैनन् र यदि तपाईँले त्यसलाई आफ्ना मोबाइलबाट हटाउनुभयो भने सदाका लागि त्यसलाई त्याग्नुपर्ने हुनसक्छ ।

यद्यपि अझैपनि सबै बिग्रिहालेको भने छैन । हुवावेले भनिरहेको छ कि उसले आफ्ना प्रयोगकर्ताहरुको सुरक्षा र गोपनियतामा संवेदनशील छ र आफ्ना प्रोडक्टहरु स्मार्टफोन र ट्याबलेटहरुमा यस्ता सुविधाहरु निरन्तर दिइरहनेछ ।’ हामीले एउटा शिक्षा पाएका छौं कि अब एन्ड्रोइडको ओएस सिस्टमको प्रतिस्थापनमा पनि हामी लाग्नुपर्छ ।

कम्पनीलाई स्पष्ट रूपमा अमेरिकाको आवश्यकता छैन, जो संसारमा आफ्नो व्यवसाय बन्द गर्न सक्षम भएको छ। उल्लेखनीय प्रश्न अब यो छ कि, बाँकी संसारले एन्ड्रोइड बिनाका हुवावेका यन्त्रहरू खरीद गर्नेछ । विश्वभरको गुगलको ओएस को लोकप्रियतालाई पश्रय दिँदादिँदै पनि, हुवावेले आफ्नो देश (चीन) बाहिर बाँच्न चाहान्छ भने पर्याप्त एप र ओएस प्रतिस्थापन प्रदान गर्नेबारे गम्भीरताका साथमा विचार गर्नु आवश्यक छ ।

यद्यपि यदि प्रतिबन्ध हटाइयो र आपूर्तिकर्ताहरूले कम्पनीसँग व्यापार पुनः सुरु गरे भने पनि यो कुरालाई हुवावेले विर्सिनु हुँदैन । हुआवेको सबैभन्दा महत्त्वपूर्ण केही साझेदारहरुले गम्भीर आरोपहरू लगाएर हुवावेप्रति पीठ फर्काएका छन् । यसलाई गम्भीरतापूर्वक सोच्नुपर्छ ।

engadget.com बाट अनुवादित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.