तपाइँको हुवावे मोबाइल अब के हुन्छ ? अरु एपहरु डाउनलोड हुनसक्ने

  २०७६ जेठ ७ गते ११:२९     विकासन्युज

काठमाडौं । गुगलले अमेरिकी नियमको पालना गर्दै आफ्ना प्रोडक्टहरु हुवावे मोबाइलमा नचल्ने घोषणा गरेसँगै विश्वभरका हुवावे फोन प्रयोगकर्ताहरुमा संशय आएको छ । आफ्नो फोनमा अब गुगलका एपहरु प्रयोग नै गर्न नसकिने हो कि भन्ने आशंकालाई गुगलकै एन्ड्रोइड सिस्टमले प्रष्ट्याउने प्रयास गरेको छ ।

आइतबार एन्ड्रोइडले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डिलबाट ट्वीट गर्दै हुवावेका मोबाइलहरुमा प्लेस्टोर र सेक्युरिटि सिस्टमले निरन्तर काम गरिरहने जनाएको छ । गुगलले आफूहरु अमेरिकी सरकारको कानून पालना गर्न बाध्य रहेका बताउँदै ती अन्य सेवाहरु बन्द भए पनि यी दुई एपहरु भने निरन्तर चल्ने जनाएको हो ।

यस्तो अवस्थामा हुवावे मोबाइलका प्रयोगकर्ताले गुगलको प्लेस्टोरबाट गुगलका एपहरुबाहेक अन्य तेस्रो पक्षका एपहरु डाउनलोड गर्न र चलाउन सक्नेछन् भने हाल चलिरहेको गुगलकै एपहरु समेत चलिरहनेछन्, तर त्यसलाई फेरि इन्स्टल गर्न, अपडेट गर्न वा नयाँ भर्सन डाउनलोड गर्न भने पाउने छैनन् ।

गुगलको गुगल क्रोम ब्राउजर, गुगल म्याप, जीमेल, युबट्युब, गुगल प्लेस्टोर जस्ता दुई दर्जन भन्दा बढी प्रोडक्टहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.