पाँच स्थानमा सुरुङमार्गको सम्भावना, कहाँ कहाँ सम्भव छ ?

  २०७६ जेठ ७ गते ९:५१     विकासन्युज

काठमाडौँ । देशको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)ले पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्ग अन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा, मध्यपहाडी राजमार्ग अन्तर्गतको पोखरा–बाग्लुङ खण्डको हेम्जामा र मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख शिवप्रसाद नेपालले परामर्शदाता कम्पनीले बुझाएको अध्ययनको प्रारम्भिक प्रतिवेदनका अनुसार ती ठाउँहरूमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको जानकारी दिए ।

सुरुङमार्ग निर्माणले प्रस्तावित उक्त ठाउँहरूमा सडकको दुरी घटाउने देखिएकाले सुरुङमार्ग निर्माणका लागि ती स्थानहरू छनोट गरी पूर्वसम्भाव्यता अध्ययन गरिएको जानकारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नेपालले दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.