हेलो नेपालले ४ अर्ब ३१ करोड कर तिर्नुपर्ने, राजस्व कार्यालयले गर्‍यो पत्राचार

  २०७६ जेठ ७ गते ९:२५     विकासन्युज


काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष ०६८/६९ मा कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दा प्राप्त लाभमा पुँजीगत लाभकर तिर्नुपर्ने विभागले जनाएको छ ।

कम्पनीले सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न अटेर गरेको भन्दै विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय, बानेश्वरले पत्राचार गरेको छ । कम्पनीले आव ०६८/६९ मा ५ अर्ब ७१ करोड रुपैयाँको स्वामित्व बिक्री गरेको थियो । बिक्री गर्दा कम्पनीलाई ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुँजीगत लाभ भएको कार्यालयले जनाएको छ ।

आयकर ऐन, २०५८ अनुसार बिक्री गर्दा लाभको २५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई तिर्नुपर्नेमा अहिलेसम्म पनि नतिरेको कार्यालयले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.