निरन्तर बढीरहेको शिवमको मूल्यमा लाग्यो ब्रेक, कारोबार भने सबैभन्दा बढी

  २०७६ जेठ ६ गते १५:३९     विकासन्युज

काठमाडौं । एक महिनायता निरन्तर उकालो लागिरहेको शिवम सिमेन्टको मूल्यमा सोमबार ब्रेक लागेको छ । सोमबार कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले घटेर प्रतिकित्ता ५९५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५.४१ प्रतिशत घटी हो ।

आइतबार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँमा पुगेको थियो । जुन अहिलेसम्मकै अधिकतम मूल्य हो । गत वैशाख ८ गते कम्पनीको सेयर मूल्य न्युनतम मूल्य प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार जसो पोजेटिभ सर्किट लागेर कम्पनीको सेयर मूल्य उच्च अंकमा पुगेको थियो ।

आइतबार कम्पनीको सेयर मूल्यमा गिरावट आएपनि सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस साता बढी कारोबार गर्नेमा शिवम् सिमेन्ट र नेपाल बैंक अगाडि रहेका छन् । आइतबार नेपाल बैंकको बढी कारोबार भएको थियो भने सोमबार शिवम् सिमेन्टको बढी सेयर किनेबेच भएको छ ।

बजारमा कुल १७२ कम्पनीको १ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १२ हजार ९ वटा कारोबारमा ३३ लाख ९८ हजार ६८० कित्ता सेयर किनबेच भएको देखिन्छ ।

आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले एकैदिन ९.९१ प्रतिशत कमाएका छन् । त्यस्तै, मल्टि प्रपोज फाइनान्स कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य क्रमशः ९.७० र ९.२९ प्रतिशतले बढेको छ ।

समग्रमा सोमबारको नेप्से ९.१३ अंकले घटेर १३०७.७१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशत घटी हो । सो दिन हाइड्रोपावर र अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे भएका छन् । हाइड्रोपावर र अन्य समूह क्रमशः १६.५९ र २.७६ अंकले बढेका छन् ।

पाँचथर पावर र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ७.७७ र ७.२५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.