एनआईसी एशियाका ग्राहकले एभरेष्ट अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

  २०७६ जेठ ६ गते १२:४७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.