भुक्तानी असन्तुलन ९ वर्षकै उच्च,  मुलुकमा भित्रिएको र भुक्तानी दिएको रकमको खाडल ६४ अर्ब

  २०७६ जेठ ६ गते ८:२९     विकासन्युज


काठमाडौं । मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) को प्रतिवेदनअनुसार, मुलुकमा भित्रिएको र भुक्तानी दिएको रकमको खाडल ६४ अर्ब ६८ करोड रुपैयाँ छ ।

अघिल्लो महिना (फागुन)सम्म भुक्तानी असन्तुलन ५८ अर्ब ९९ करोड रुपैयाँ घाटामा थियो। मुलुक भित्रनेभन्दा बाहिर भुक्तानीतर्फ बढ्दो दायित्वले भुक्तानी असन्तुलन अत्यधिक बढेको छ। यो परिमाणको भुक्तानी असन्तुलन ९ वर्षयताकै उच्च हो।

आयातको भुक्तानी, बाह्य देशको भ्रमणमा नेपालीले गर्ने खर्च उच्च हुनु, विदेशमा अध्ययनमा बाहिरिने रकम लगायत बाह्य क्षेत्रमा सिर्जित भुक्तानी दायित्वले मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो बनेको छ। यसका कारण मुलुकको घाटा बढ्दै गएको छ।

विप्रेषण, विदेशी सहयोगका विकास आयोजनामा प्राप्त हुने शोधभर्ना, निर्यात आय, पर्यटकबाट हुने आम्दानी, विदेशी लगानी तथा पुँजीगत ट्रान्सफरबाट मुलुकले प्राप्त गर्ने सबै रकमको योगफलभन्दा मुलुकले भुक्तानी गरेको रकम झण्डै ६५ अर्ब रुपैयाँले बढी हुँदा यसले बाह्य क्षेत्रको स्थायित्वमा दबाब सिर्जना गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.