सिनर्जी फाइनान्सका सेयरधनीलाई खुसीको खबर, बेष्ट फाइनान्सको सेयर अब बेच्न पाइने

  २०७६ जेठ ५ गते २०:१७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्समा मर्ज भएपछि सेयर काराेबार गर्न नपाएकाे तत्कालिन सिनर्जी फाइनान्सका सेयरधनीका लागि खुशीकाे खबर छ । मर्जपछि उनीहरूले पाएकाे बेष्ट फाइनान्सको सेयर साेमबारदेखि काराेबार हुने भएकाे छ ।

बेष्ट फाइनान्ससँग मर्जमा भएपछि सिनर्जीका सेयरधनीले बराबर कित्ता बेष्ट फाइनान्सकाे सेयर पाएका थिए । दुई संस्था एक आपसमा मर्जपछि स्वाप रेसियो १ बराबर १ को अनुपात कायम गरिएकाे थियाे ।

आइतबार मात्रै वेष्ट फाइनान्सको प्रतिसेयर अंकित मूल्य १०० का दरले ५१ लाख २५ हजार ०२८ कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सिनर्जी फाइनान्सको सो मात्राको सेयर थप भएसँगै वेष्ट फाइनान्सको कूल ८१ लाख १५८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । मर्जमा जानुभन्दा अगाडि वेष्ट फाइनान्सको कूल २९ लाख ७५ हजार १३० कित्ता सेयर नेप्सेमा सूचिकृत थियो । यसका साथै, वेष्ट फाइनान्सको चुक्ता पुँजी बढेर ८१ करोड रुपैयाँ नाघेको छ ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबारदेखि उक्त संस्थाको सेयर कारोबार खुला गरेको छ । सोही अनुसार सेयरधनीले अब सोमबारदेखि नै बेष्ट फाइनान्स(बीएफसी)को नामबाट उक्त सेयर किनबेच गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.