छिमेक लघुवित्तको नगद लाभांश वितरण सुरु, बोनस सेयर चाँहि कहिले ?

  २०७६ जेठ ५ गते १८:३५     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ६ गते)आइतबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको चुक्ता पुँजीको २२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो ।

संस्थाले उक्त नगद लाभांश सेयर रजिष्टार एनएमबी क्यापिटल लिमिटेडले सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिने भएको छ । त्यसैले डिम्याट खाता अद्यावधिक गर्न संस्थाले लगानीकर्तालाई आग्रह गरेको छ ।

सेयरधनीको संख्या धेरै भएकाले क्रमश बैंक खातामा लाभांश जम्मा हुने संस्थाले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा सोही खातामा रकम जम्मा हुने भएको छ ।

संस्थाको हालैमात्र सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सो मध्ये २२ प्रतिशत नगद लाभांश आज देखि वितरण भएपनि १८ प्रतिशत बोनस सेयर वितरणमा भने ढिलाई हुने संस्थाले जनाएको छ । उक्त बोनस सेयर नेप्सेमा सूचिकृत भएपश्चात प्रत्येक सेयरधनीहरुको खातामा जम्मा गरिदिने लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.